ब्रोकर नं. ९३ को कारोबार रोक्काको निर्णयप्रति संघको ध्यानाकर्षण, लगानीकर्ता माथि परेको असरको जिम्मेवार को ?
arthasansar.com · Thu Aug 20 02:55:44 GMT 2026

नेपाल सेयर बजार लगानीकर्ता संघले बेनी सेक्युरिटिज प्रा. लि. (ब्रोकर नं. ९३) को कारोबार रोक्काप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघका मासचित रबिन कँडेलले जारी गरेको विज्ञप्तिमा करोबार रोक्काको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडद्वारा पत्र संख्या ०८३/८४, चलानी नं. २७१, मिति २०८३/०५/०३ मार्फत सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सोही मितिको सिफारिसका आधारमा, तोकिएको समयावधिभित्र राफसाफ तथा फछ्यौट कार्य नगरेको भनी धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१)छ बमोजिम ३ (तीन) कार्यदिनका लागि निलम्बन गरिएको छ । ब्रोकरमाथि गरिएको उक्त कारबाहीको प्रत्यक्ष असर भने त्यहाँ खाता रहेका हजारौँ निर्दोष ग्राहक लगानीकर्तामाथि परेको छ, जसको सेयर खरिद–बिक्री नै रोकिन पुगेको छ ।’
Read full story at source (arthasansar.com)