ट्रम्प र बाइडेनको कार्यकालमा दोब्बर बढ्यो अमेरिकी राष्ट्रिय ऋण- पहिलो पटक ४० ट्रिलियन डलर पार
lokaantar.com

अमेरिकी ट्रेजरी विभागका अनुसार पहिलो पटक कुल अमेरिकी राष्ट्रिय ऋण ४० ट्रिलियन डलरको सीमा पार गरेको छ। सामाजिक सुरक्षा कार्यक्रमहरू र ब्याज भुक्तानीका लागि बढेको चर्को खर्चले राजशवलाई धेरै पछाडि छाडेपछि मुलुकमा गम्भीर आर्थिक संकट निम्तिन सक्ने नयाँ चेतावनीहरू जारी गरिएको रोयटर्सले जनाएको छ ।
ट्रेजरी विभागको पछिल्ला दैनिक नगद तथा ऋण मौज्दात विवरण अनुसार मंगलबार कुल सार्वजनिक ऋण ४०.०४७ ट्रिलियन डलर पुगेको छ। यो कुल रकममा जनताको स्वामित्वमा रहेका ट्रेजरी सेक्युरिटीज ३२.२६६ ट्रिलियन डलर र अन्तरसरकारी ऋण ७.७८२ ट्रिलियन डलर समावेश छन्।
Read full story at source (lokaantar.com)