राप्रपाभित्रको विवादले बागमती सरकार गठनमा कानुनी प्रश्न
ratopati.com · Thu Aug 20 03:08:36 GMT 2026

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको विवादले एमाले नेता किरण थापा मगरको मुख्यमन्त्री नियुक्तिलाई कानुनी र राजनीतिक बहसको केन्द्रमा पुर्याएको छ ।
नेपालको संविधानको धारा १६८ (२) बमोजिम नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा किरण थापाले ६३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । तर, उक्त दाबीमा राप्रपाको समर्थन वैधानिक हो कि होइन भन्ने विषयमा पार्टीभित्रै विवाद चर्किएपछि अन्तिम निर्णय प्रदेश प्रमुखको संवैधानिक विवेकमा पुगेको छ ।
Read full story at source (ratopati.com)