पूर्वसमाजवादीले भाग खोज्दा कर्णाली मन्त्री छान्न नेकपलाई सकस
kendrabindu.com · Thu Aug 20 03:05:49 GMT 2026
सुर्खेत । पूर्वसमाजवादी धारका नेताहरूले एकताको आधारमा आफूहरूलाई पनि एक मन्त्री दिनुपर्ने अडान राखेपछि कर्णाली प्रदेश सरकारमा मन्त्री छनोटको विषय पेचिलो बनेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पार्टीले मन्त्री छनोटका लागि तय गरेको मापदण्डअनुसार जिम्मेवारी बाँडफाँट गर्ने तयारी गरे पनि मन्त्रीको टुंगो लाग्न सकेको छैन ।
नेकपाले मन्त्री छनोट गर्दा यसअघि मन्त्री भइसकेका, विषयगत समितिका सभापति तथा प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेकालाई नदोहोर्याई अहिलेसम्म कुनै महत्वपूर्ण जिम्मेवारी नपाएका सांसदलाई अवसर दिने मापदण्ड बनाएको छ । तर, पूर्वसमाजवादी धारले पार्टी एकताका क्रममा आफ्नो पक्षबाट पनि एकजना मन्त्री हुनुपर्ने दाबी गरेपछि विवाद उत्पन्न भएको हो ।
Read full story at source (kendrabindu.com)