बाढी-पहिरोले रसुवाका १७ बस्ती जोखिममा, १० परिवारकाे बास टेन्टमा
annapurnapost.com · Thu Aug 20 03:08:13 GMT 2026

रसुवा : जिल्लाका पाँचवटा गाउँपालिकामा रहेका १७ वटा बस्ती पहिरो तथा प्राकृतिक विपत्को उच्च जोखिममा परेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको भर्खरै सम्पन्न बैठकले ती बस्तीहरूको संरक्षणका लागि पूर्वाधार विकास मन्त्रालय (सिंहदरबार र हेटौँडा) सँग बजेट माग गर्ने निर्णय गरेको छ।
समितिका अध्यक्ष एवम् रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार जोखिममा रहेका बस्तीमा क्षति कम गर्न ती क्षेत्र खाली गराउने र लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयसँग समन्वय गरी तत्कालका लागि अस्थायी संरचना निर्माण गर्ने तयारी भइरहेको छ।
Read full story at source (annapurnapost.com)