गाउँ–गाउँमा पुगेका ‘राविसे’ सँग डराएको पञ्चायती शासक
baahrakhari.com · Thu Aug 20 03:49:09 GMT 2026

तीसवर्षे पञ्चायतको मध्यतिर अर्थात् तीसको दशकमा ‘राष्ट्रिय विकास सेवा’ अर्थात् ‘राविसे’ (राविसे नाम भए पनि विशेषणका रूपमा प्रयोग गरिएको छ) हरू पहाडका कुनाकाप्चादेखि देहातका गाउँसम्म फैलिएका थिए । तिनीहरू पहाडी गाउँ र देहातका निम्ति नयाँ अनुहार थिए । हुन पनि पूर्वका पश्चिम र पश्चिमका पूर्वतिर खटेका थिए । अनि तराईका पहाडतिर र पहाडी भेगका तराईतिर पुगेका थिए ।
विश्वविद्यालयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी थिए, राविसे । तिनको गाउँ–देहात घुमफिर अवधि लामो रहेन, केवल चार–पाँच वर्ष मात्रै । त्यो कालमा गाउँ–घरमा कुनै नयाँ अनुहार देखापरे भनिन्थ्यो, ‘राविसे माड्साप रहेछ ।’
Read full story at source (baahrakhari.com)