पाँच हजार ३०० मिटर उचाइबाट ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक
nepallive.com · Thu Aug 20 04:33:41 GMT 2026
ताप्लेजुङ– समुद्र सतह देखि हजार ३०० मिटर सचाइबाट अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको छ। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको पर्यटकीय क्षेत्र साम्पदो डाँडाबाट खेल तालिका सार्वजनिक गरिएको हो।
आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिता आयोजना हुन लागेको छ। लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार फक्ताङलुङ गाउँपालिकाको पाँच हजार तीन सय मिटरको उचाइमा रहेको स्याम्दो ताल, ४ हजार ७०० मिटरको उचाइमा रहेको सिङजेमा ताल, ओलाङचुङगोलामा अवस्थित ऐतिहासिक ८०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र लोदेन लगायतका क्षेत्रबाट एक साथ खेल तालिका सार्वजनिक गरिएको हो।
Read full story at source (nepallive.com)