डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउँदा मुलुक चौतर्फी संकटमा: महासचिव शंकर पोखरेल
lokaantar.com

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट योजना र दूरदर्शिता बिना राज्यसत्ता सञ्चालन गरे धुर्मुस-सुन्तलीको जस्तै पतनको बाटो रोज्नुपर्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा भोगेको असफलता र अहिलेको नयाँ राजनीतिक नेतृत्व (रवि लामिछाने र बालेन शाहलगायतका समूह) को कार्यशैलीबीच समानता रहेको औंल्याएका हुन् ।
'अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस-सुन्तलीको योजना आकर्षक भए पनि दानदातव्यको भरमा त्यति ठूलो परियोजना शुरू गर्नु अपरिपक्व कदम थियो। परिणाम- रकम अभाव र बढ्दो उधारोका कारण परियोजना संकटमा पर्यो र उनीहरू पलायन हुन बाध्य भए,' पोखरेलले फेसबुकमा लेखेका छन् ।
Read full story at source (lokaantar.com)