कर्णालीलाई अभावको होइन, सम्भावनाको प्रदेशका रूपमा हेरौँ : प्रदेश प्रमुख जोशी
baahrakhari.com · Thu Aug 20 05:06:45 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कर्णालीप्रतिको राज्यको परम्परागत बुझाइ र दृष्टिकोण बदल्नुपर्ने बताएका छन् । उनले कर्णालीलाई सधैँ अभाव, पछौटेपन र समस्याको थलोका रूपमा हेर्ने प्रवृत्ति अन्त्य गरी विकास र समृद्धिको प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
कर्णाली प्रदेश स्थापना दिवसका अवसरमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले सोचमा परिवर्तन नआएसम्म कर्णालीको विकासको मानक माथि उठ्न नसक्ने बताए । पर्याप्त सम्भावना हुँदाहुँदै पनि राज्यको हेपाहा प्रवृत्तिका कारण कर्णाली पछाडि परेको उनको भनाइ छ ।
Read full story at source (baahrakhari.com)