राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्– व्यक्तिले दिएको समर्थन दलको हुँदैन
ratopati.com · Thu Aug 20 05:10:11 GMT 2026

काठमाडौँ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि किरण थापाले गरेको दाबी नपुग्ने बताएका छन् । एमाले सांसद थापाले राप्रपाका १२ सांसदसहितको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर, राप्रपा केन्द्रले त्यसलाई मान्यता नदिने बताउँदै आएको छ ।
‘किरण थापाको दाबी पुग्दैन, बागमती प्रदेश प्रमुखले अख्तियारको दुरुपयोग गर्नु हुनेछैन’, राप्रपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा बिहीबार भनेका छन्, ‘व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन, बागमती प्रदेशमा १२ सांसद भएको राप्रपाबाट एक जना सांसदले एक्लैले समर्थन दिन सक्दैन र मिल्दा पनि मिल्दैन ।’
Read full story at source (ratopati.com)