असहज परिस्थितिमा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ : पूर्वमुख्यमन्त्री कँडेल
baahrakhari.com · Thu Aug 20 06:08:49 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री यामलाल कँडेलले प्रदेशमा देखिएको असहज परिस्थितिमा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्ने बताएका छन् । उनले वर्तमान संघीय सरकारको कार्यशैलीप्रति व्यंग्य गर्दै ‘चुपचाप सरकार कहाँ छ ?’ भन्दै प्रश्न गरेका छन् ।
बिहीबार कर्णाली प्रदेश स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कँडेलले प्रदेशमा जटिलता र असहज अवस्था देखिँदा सरकार चुप लागेर बस्न नहुने बताए । जनताले संकटका बेला सरकारको उपस्थिति र नेतृत्व अनुभूति गर्नुपर्ने भन्दै उनले शासन सञ्चालनमा राजनीतिक नेतृत्व थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
Read full story at source (baahrakhari.com)