अवैध लागूऔषधसहित विभिन्न स्थानबाट एकैदिन १५ जना पक्राउ
ratopati.com · Thu Aug 20 06:10:51 GMT 2026

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-७ मनमैजुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने झापा घर भएका ३६ वर्षीय उमेश मुखियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै मोरङकाे पथरी शनिश्चरे नगरपालिका-१० संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय घनश्याम बस्नेतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
Read full story at source (ratopati.com)