सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
rajdhanidaily.com · Thu Aug 20 06:13:42 GMT 2026

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको ऐतिहासिक सार्वजनिक चौतारा गायब भएको पाँच वर्ष बितिसकेको छ । स्थानीय समुदायको धर्म, संस्कार र सामाजिक परम्परासँग जोडिएको करिब २०० वर्ष पुरानो चौतारा रहेको ठाउँ सम्याएर निजी घरको आँगन बनाइएको स्थानीयको आरोप छ ।
चौतारा गायब भए पनि त्यससँगै रहेको ‘मूलधारा’ नामले परिचित सोही समयको पुरानो ढुंगे धारा भने अहिले पनि कायम छ । परापूर्व कालदेखि स्थानीयले खानेपानी, नुहाउने तथा विभिन्न संस्कारका काममा प्रयोग गर्दै आएको उक्त धारालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संरक्षण गरिएको छ ।
Read full story at source (rajdhanidaily.com)