सातदोबाटोका डीएसपी सिंह उत्कृष्ट प्रहरी घोषित
ratopati.com · Thu Aug 20 06:22:03 GMT 2026

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले डीएसपी सिंहलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका छन् ।
Read full story at source (ratopati.com)