'उचित हो भन्ने अहिले पनि छैन तर गठबन्धनको आग्रह अनुरोधपछि मैले राजीनामा गरेँ'
ekagaj.com · Tue Aug 01 16:27:57 GMT 2023
विराटनगर- नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन अघिल्लो पटक दाबी पत्रमै हस्ताक्षर गरेर विवादित बनेका कोशी प्रदेशका सभामुख बाबुराम गौतमले अन्ततः सत्ता गठबन्धनबाट दोस्रो पटक मुख्यमन्त्री बनाइएका थापालाई बहुमत सिट ४७ पुर्याइदिन मंगलबार राजीनामा गरे ।
सभामुख गौतमले सरकार गठनमा सत्ता गठबन्धनको आग्रहलाई स्वीकार गरेर उद्धव थापालाई मुख्यमन्त्री बनाउनका लागि पदबाट राजीनामा दिएको घोषणा गरे । स्थिर सरकार बन्ने ग्यारेण्टी नभई राजीनामा नदिने बताउने गरेका उनले आफूलाई राजीनामा गर्न चर्को दवाव परेको भन्दै अन्ततः सरकारकै सहयोगी सिद्ध बने ।
Read full story at source (ekagaj.com)