गरिमा हत्या प्रकरण : न्याय माग्दै २४ घण्टादेखि सडकमा प्रदर्शन जारी
annapurnapost.com · Thu Aug 20 06:59:58 GMT 2026

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा स्थानीयको प्रदर्शन बिहीबार पनि जारी छ । प्रदर्शनका कारण पथलैया–वीरगन्ज सडकखण्ड २४ घण्टादेखि ठप्प छ ।
घटनाको विरोध गर्दै स्थानीयले बुधबार बिहान करिब ११ बजेदेखि सडक अवरुद्ध गरेका थिए । टायर बालेर प्रदर्शनमा उत्रिएका स्थानीयले रातभर सडक छोडेनन् । उनीहरूले बिहीबार बिहानदेखि सडकमा टेन्ट राखेर प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
Read full story at source (annapurnapost.com)