नबिल बैंकलाई तीन प्रतिष्ठित बैंकिङ अवार्ड, लगातार तेस्रो वर्ष गोल्ड अवार्ड हात पार्न सफल
bishowkhabar.com · Wed Jul 01 05:26:25 GMT 2026

काठमाडौं- नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्रदान गर्ने ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड’ अन्तर्गत निजी क्षेत्रको बैंकतर्फ नबिल बैंकले लगातार तेस्रो वर्ष गोल्ड अवार्ड जितेको हो ।
यससँगै बैंकले यस वर्ष पहिलो पटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ अन्तर्गत पनि ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ । यसरी नबिल बैंक एकै वर्ष तीनवटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको हो ।
Read full story at source (bishowkhabar.com)