खानेपानी संस्थालाई ऋणले च्यापेपछि...
setopati.com · Sun May 17 00:41:39 GMT 2026

दाङको बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई ऋणले च्यापेपछि महसुल वृद्धि गरिएको छ। संघको शनिबार भएको ११औं साधारणसभाबाट महसुल वृद्धि गरिएको हो। संस्थाका सचिव मुकेश वलीका अनुसार यसअघि १२ हजार युनिटसम्मको एक सय रुपैयाँ थियो, तर अहिले त्यसलाई बढाएर एक सय ६० रुपैयाँ बनाइएको छ।
संस्थाले सहलगानी सम्पन्न गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाबाट लिएको एक करोड १५ लाख सापटी, नगर विकास कोषबाट लिएको ६ करोड ८९ लाख २६ हजार ऋण लिएको थियो। जसमध्ये अहिलेसम्म नगर विकास कोषलाई सावाँ र ब्याज गरी एक करोड २६ लाख ३२ हजार ३९४ मात्रै तिरिएको छ। तुलसीपुर उपमहानगरपालिकाको सापटी रकम तिर्नका लागि पनि ताकेता गरिरहेको छ। यसले गर्दा खानेपानीको महसुल बढाउनुपर्ने अवस्था आएको सचिव वलीले बताए।
Read full story at source (setopati.com)