सिंहको प्रश्न : संविधानमै अख्तियारलाई भ्रष्टाचार र सम्पत्ति छानबिनको अधिकार छ, नयाँ आयोग गठन किन ?
annapurnapost.com · Thu Aug 20 07:48:52 GMT 2026

काठमाडौं : रास्वपाका सांसद अमरेश कुमार सिंहले अख्तियारमाथि राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा नभइ संवैधानिक निकाय भएकाले भन्दै राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने बताएका हुन्।
उनले अख्तियार आफैँ बिचौलियाहरूको संरक्षण गर्ने केन्द्रजस्तो बनेको आरोप समेत लगाए। सांसद सिंहले विगतमा कर्मचारीहरू कारबाहीबाट जोगिन अख्तियार जाने गरेकोमा, अहिले अनुचित लाभका लागि अख्तियार जाने गरेको उनले बताए।
Read full story at source (annapurnapost.com)