गैरीगाउँमा डोजर चलेपछि विस्थापित अर्का सुकुम्बासीले पनि गरे आत्महत्या
annapurnapost.com · Thu Aug 20 07:47:49 GMT 2026

काठमाडौं : काठमाडौं उपत्यकाबाट विस्थापनमा परेका अर्का एक भूमिहीन सुकुम्बासीले पनि आत्महत्या गरेका छन्। बालेन नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको शान्तिनगर (गैरीगाउँ) सुकुम्बासी बस्तीमा डोजर चलाएपछि टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले आत्महत्या गरेका हुन्।
सरकारले घर भत्काइदिएपछि २५ हजारको राहत लिएर उनी डेरामा बस्दै आएका थिए। परिवारमा श्रीमती र छोराछोरीसहित सात सदस्य उनीमाथि आश्रित रहेका थिए। परिवारको आर्थिक व्यवस्थापन र भविष्यको चिन्ताले सताउँदा उनले बुधबार जीवन समाप्त गर्न बाध्य भएका परिवारको आरोप छ। सरकारले दिएको मानसिक पीडा सहन नसकी उनले आत्महत्याको बाटो रोजेकोले सरकारले यसको जिम्मेवारी लिनुपर्ने सुकुम्बासी नेता दलमर्दन कामीले बताए।
Read full story at source (annapurnapost.com)