ड्याम कि ड्याम विकास गर्ने बेलामा हामी चुक्यौँ : अर्थमन्त्री
ratopati.com · Thu Aug 20 08:00:33 GMT 2026

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले अबको समय वैदेशिक सहायता परिचालन निकै कठिन रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा वैदेशिक सहायताको प्रभावकारिता र उपयोगबारे जवाफ दिँदै अर्थमन्त्री वाग्लेले नेपालले विगतमा आएका अवसरहरूलाई सहयोग गर्न नसकेको बताए ।
‘हाम्रो अनुदान सहयोगहरू खुम्चिँदै गएका छन् । द्विपक्षीय विकास सहायता पनि घटाउँदै लगेको अवस्था छ । अहिलेको अवस्थामा हामीले लिन सक्ने भनेको बहुपक्षीय विकास सहायता हो,’ उनले भने, ‘तर यो पनि पहिलेजस्तो सहज अवस्था छैन, एक डेढ प्रतिशतमा ऋण पाइन्थ्यो, अब यो पनि बढ्दैछ । ड्याम कि ड्याम विकास गर्ने समयमा हामी चुक्यौँ ।’
Read full story at source (ratopati.com)