नारेश्वर तालमा पानी जम्मा हुन सुरु
khabarhub.com · Thu Aug 20 08:03:38 GMT 2026

दमौली – नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो । उक्त तालमा करिब २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिन्छ । तनहुँको व्यास नगरपालिका–१० मा पर्ने उक्त ताल करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
तालको बाँध तथा अन्य संरचना निर्माण पूरा भएसँगै पानी जम्मा गर्न सुरु गरिएको हो । ताल व्यास नगरपालिकाको गौरवको आयोजना हो ।
Read full story at source (khabarhub.com)