बागमतीमा ढल मिसाउन तत्काल रोक्न र एकीकृत योजना बनाउन पूर्वाधार समितिको निर्देशन
ratopati.com · Thu Aug 20 08:27:36 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्दै नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बिहीबार बसेको पूर्वाधार विकास समितिको बैठकले यस्तो निर्देशन दिएको हो।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै समिति सभापति आशिष गजुरेलले बागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण, नदी क्षेत्र संरक्षण तथा बाढी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइएको बताए । बागमतीको सौन्दर्यीकरणलाई संरचना निर्माणमा मात्र सीमित नगरी हरित, खुला, पैदलमैत्री तथा नागरिकमैत्री नदी करिडोरका रूपमा विकास गर्न पनि उनले निर्देशन दिए।
Read full story at source (ratopati.com)