चार देशका भन्सार प्रशासनबिच ‘पूर्व–आगमन सूचना’ आदान–प्रदान गर्ने समझदारी
ratopati.com · Thu Aug 20 08:31:51 GMT 2026

काठमाडौँ। दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) मा आबद्ध नेपालसहित चार मुलुकबिच व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले मालवस्तुको पूर्व–आगमन सूचना आदान–प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
माल्दिभ्समा आयोजित सासेकको १४औँ भन्सार उपसमूहको बैठकको अवसरमा भदौ ३ गते उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस समझदारीमा सासेकका सदस्य राष्ट्रहरू नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबिच सम्झौता भएको छ।
Read full story at source (ratopati.com)