कैलालीमा नदीमा डुबेर बालकको मृत्यु
onlinekhabar.com · Sun May 17 00:44:43 GMT 2026

३ जेठ, धनगढी । कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय भद्र बमका ९ वर्षीय छोरा शुसिल बम रहेका छन् । शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो ।
Read full story at source (onlinekhabar.com)