सिटी एफए कप च्याम्पियन
barnanmedia.com · Sun May 17 00:42:19 GMT 2026
एन्टोइन सेमेन्योले दोस्रो हाफमा गरेको उत्कृष्ट निर्णायक गोलमा म्यानचेस्टर सिटीले शनिबार चेल्सीलाई फाइनलमा १–० ले पराजित गर्दै एफए कपको उपाधि जितेको छ । यससँगै सिटीले यो सिजन इंग्लिस फुटबलका दुवै कप जितेको हो । यसअघि टोलीले लिग कप जितेको थियो ।
वेम्बलीमा भएको फाइनलमा इर्लिङ हालान्डले दिएको पासमा सेमेन्योले ७१ औं मिनेटमा चलाखीपूर्ण गोल गरे । दायाँ खुट्टाको ‘फ्लिक’ मा सम्भव गोलमा चेल्सी गोलरक्षक रोबर्ट सान्चेजसामु अवरोध तेर्स्याउने कुनै अवसर थिएन । उनी जनवरीमा मात्रै बर्नमाउथबाट सिटी आएका थिए ।
Read full story at source (barnanmedia.com)