आठौँ शृङ्खलाको ‘डिगो बाह्रखरी कथा प्रतियोगिता, २०८३’ घोषणा
ratopati.com · Thu Aug 20 09:23:02 GMT 2026

काठमाडौँ । बाह्रखरी मिडियाले आफ्नो आठौँ शृङ्खला ‘डिगो बाह्रखरी कथा प्रतियोगिता, २०८३’ घोषणा गरेको छ। विगत सात वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत स्थापित तथा नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन र पुरस्कृत गर्न बिहीबार पत्रकार सम्मेलनमार्फत कथा आह्वान गरिएको हो।
नेपालको कथा लेखन प्रतियोगितामा सबैभन्दा ठुलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा इच्छुक सर्जकहरूले असोज ३ गतेभित्र इमेल ( [email protected] ) मार्फत कथा पठाउनुपर्नेछ। संसारभरिका नेपाली भाषाका सर्जकले यसमा सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताको निर्णायक समूहको संयोजकमा कथाकार भुवन ढुंगाना रहेकी छन् भने सदस्यहरूमा समालोचक डा. ज्ञानु अधिकारी र चलचित्रकर्मी एवम् लेखक खगेन्द्र लामिछाने छन्।
Read full story at source (ratopati.com)