इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा ३२ हजार सदस्यलाई बाहिर राखिएको भन्दै पारदर्शितामाथि प्रश्न
baahrakhari.com · Thu Aug 20 09:40:57 GMT 2026

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको ३५औँ केन्द्रीय, नेपाल इन्जिनियरिङ परिषद् तथा चौथो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया निष्पक्ष, समावेशी र पारदर्शी बनाउन सरोकारवालाले संयुक्त अपिल गरेका छन् ।
संयुक्त अपिल जारी गर्दै उनीहरूले एसोसिएसनमा कुल सदस्य संख्या ४६ हजार रहेको भएको बताएका छन् । हाल करिब १४ हजार २९४ सदस्य मात्रै कायम देखिएको भन्दै निर्वाचनमा करिब ३२ हजार सदस्य बाहिरिने अवस्था रहेको बताएका छन् । ठूलो संख्यामा सदस्यलाई निर्वाचन प्रक्रियाबाट बाहिर राखेर हुने निर्वाचनले समावेशी तथा उचित प्रतिनिधित्व सुनिश्चित गर्न नसक्ने उनीहरूको दाबी छ ।
Read full story at source (baahrakhari.com)