राहत शिक्षकको भत्ता कटौतीप्रति बजगाईँ भन्छन्- हाम्रो धैर्यलाई कमजोरी नठानियोस्
himalpress.com · Thu Aug 20 09:46:45 GMT 2026

काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिका पूर्वमहासचिव, नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य तथा गत वर्ष माघ २० देखि वैशाख १७ सम्म भएको शिक्षक आन्दोलनमा अग्रपंक्तिमा खटिएका कुमार बजगाईँले राहत शिक्षकसहित अस्थायी प्रकृतिका शिक्षकहरूको प्रोत्साहन भत्ता कटौती गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल निर्णय सच्याउन चेतावनी दिएका छन्।
बिहीबार हिमालप्रेस सँग कुरा गर्दै बजगाईँले शिक्षकहरूलाई सेवासुविधामा विभेद गर्नु अन्यायपूर्ण भएको भन्दै सरकारको निर्णयको कडा विरोध गरेका छन्। उनले भने,‘४० हजार राहत शिक्षकलगायत सम्पूर्ण अस्थायी प्रकृतिका शिक्षकहरूको प्रोत्साहन भत्ता कटौती गर्ने सरकारको निर्णयप्रति हाम्रो घोर आपत्ति र कडा विरोध छ।’
Read full story at source (himalpress.com)