कपिलवस्तुमा ७ लाख ३९ हजारको अवैध सामान बरामद
annapurnapost.com · Thu Aug 20 09:54:56 GMT 2026

कपिलवस्तु : सशस्त्र प्रहरी बलले कपिलवस्तुमा भन्सार छली ल्याइएका विभिन्न सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल २८ गण मुख्यालय कपिलवस्तुका अनुसार २०८३ भदौ ३ गते खटिएको टोलीले ७ लाख ३९ हजार ६६० रुपैयाँ बराबरको लत्ताकपडा, फलफूल, हरियो तरकारी तथा किराना सामान बरामद गरेको हो।
बरामद सामान ढुवानीमा प्रयोग भएका २ थान मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताए ।
Read full story at source (annapurnapost.com)