नेपाल नर्सिङ परिषद्को रजिस्ट्रारमा एक पुरुषको आवेदन, अध्यक्ष र उपाध्यक्षमा कसले राखे आकांक्षा?
swasthyakhabar.com · Wed Jul 01 05:42:39 GMT 2026

काठमाडौं - नेपाल नर्सिङ परिषद्को अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन दिने उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ। सार्वजनिक नामावलीअनुसार अध्यक्ष र उपाध्यक्ष पदमा सबै उम्मेदवार महिला रहेका छन् भने रजिस्ट्रार पदमा भने एक जना पुरुषले पनि आवेदन दिएका छन्।
अध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षका आकांक्षीहरूमा जमुना भट्टराई, रिना श्रेष्ठ, सावित्री भट्टराई, बिमला कुमारी साह, प्रतिमा खत्री, वन्दना थापा, मुना कुमारी थापा राना, गोमा देवी निरौला, बाला राई, रोशनी लक्ष्मी तुईतुई र शकुन्तला प्रजापति रहेका छन्।
Read full story at source (swasthyakhabar.com)