विश्वशान्तिका लागि ३ मिनेट
ratopati.com · Thu Aug 20 10:15:00 GMT 2026

अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसाले सम्पूर्ण मानव समुदायलाई चिन्तित र दुःखी बनाएको छ। पूर्वी युरोपमा जारी रुस–युक्रेन युद्ध, मध्यपूर्वको इजरायल–गाजा युद्ध, अमेरिका–इरान युद्ध तथा विभिन्न मुलुकबीच बढिरहेको राजनीतिक तिक्तताका कारण विश्वले गम्भीर संकटको सामना गरिरहेको छ।
दैनिक ठूलो संख्यामा मानिसले ज्यान गुमाइरहेका छन् भने लाखौँ मानिस घाइते, घरबारविहीन र अङ्गभङ्ग भई कष्टकर जीवन बिताउन बाध्य छन्। असंख्य बालबालिका युद्धको मारमा परेका छन्। युद्धले सामाजिक सद्भाव कमजोर बनाउनुका साथै वातावरणमा क्षति पुर्याएको छ र विश्व अर्थतन्त्रमा समेत गम्भीर असर पारेको छ।
Read full story at source (ratopati.com)