वासुदेवको भेलले खोस्यो दुई छोरी, एक अझै बेपत्ता
onlinekhabar.com · Thu Aug 20 10:12:34 GMT 2026

४ भदौ, हेटौँडा । गत मङ्गलबार साँझ पर्नै लागेको थियो । निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट छुट्टी भएपछि चार बालिका घर फर्कंदै थिए । विद्यालय र घरबीच हेटौँडा उपमहानगरपालिका-१९ मा पर्ने वासुदेव खहरे खोला उनीहरूका लागि नौलो थिएन । तर, त्यस साँझ खोला अस्वाभाविक रूपमा उर्लिएको थियो ।
खोला तर्ने क्रममा आएको अचानकको भेलले चारै बालिकालाई फरक-फरक दिशातर्फ बगायो । घटनामा दुई बालिकाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । एक बालिका भने ज्यान जोगाउन सफल भइन् ।
Read full story at source (onlinekhabar.com)