बागमती प्रदेशका सांसद उद्धव थापालाई पार्टीको सदस्यसमेत नरहेन गरी राप्रपाले गर्यो कारबाही
annapurnapost.com · Thu Aug 20 10:28:48 GMT 2026

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशसभाका सदस्य उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ। बिहीबार बसेको पार्टीको कार्यसम्पादन बैठकले प्रदेशसभा सदस्य थापालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो।
अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेशसभा सदस्य थापाले पार्टीको निर्देशन उल्लंघन गरेकाले कारबाही गरेको बताए। बागमती प्रदेशसभामा एमालेलाई समर्थन गर्ने पार्टीको निर्णय नरहेको उनले बताए। तर, त्यस विपरीत थापाले समर्थन पत्र बुझाएको र स्पष्टीकरण समेत नदिएको अध्यक्ष लिङ्देनले बताए।
Read full story at source (annapurnapost.com)