क्यासिनोमा १० प्रतिशत सेयर अनिवार्य गर्दा कानुनी झन्झट थपियो : हान अध्यक्ष शाह
ratopati.com · Thu Aug 20 10:43:57 GMT 2026

काठमाडौँ । होटल संघ नेपाल (हान) ले क्यासिनो सञ्चालन गर्ने तारे होटलमा होटलको १० प्रतिशत सेयर अनिवार्य हुनुपर्ने प्रस्तावित व्यवस्था हटाउन माग गरेको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलमा बोल्दै हानका अध्यक्ष विनायक शाहले यस्तो माग गरेका हुन्।
चारतारे र पाँचतारे होटलमा क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था गरिए पनि क्यासिनोमा सम्बन्धित होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने प्रावधान उचित नहुने तर्क शाहले गरे। क्यासिनो सञ्चालनमा होटललाई अनिवार्य रूपमा साझेदार बनाउँदा क्यासिनो बन्द भएपछि त्यसबाट उत्पन्न हुने कानुनी तथा आर्थिक दायित्वसमेत होटलले व्यहोर्नुपर्ने अवस्था आउने उनको भनाइ छ।
Read full story at source (ratopati.com)