यात्रुबाहक गाडीले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते
annapurnapost.com · Thu Aug 20 11:26:26 GMT 2026

काठमाडौं : दाङमा यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्। राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङस्थित पेट्रोल पम्प नजिकै भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ज ०१०८ नम्बरको यात्रुबाहक गाडीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको रा ४ प ५८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
ठक्करबाट स्कुटरको पछाडि सवार अर्घाखाँचीको सितगंगा नगरपालिका–८ लापेकी ३२ वर्षीया सम्झना केसी घाइते भएकी थिइन्। उनको उपचारका क्रममा भालुवाङ अस्पतालमा मृत्यु भएको हो।
Read full story at source (annapurnapost.com)