अख्तियार प्रमुख राईले भने- अनुसन्धानको प्रगति बुझ्न प्रधानमन्त्रीले बोलाउनु स्वाभाविक हो
annapurnapost.com · Thu Aug 20 12:08:52 GMT 2026

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले 'नीतिगत निर्णय’को कानुनी जटिलता नफुकाएसम्म मन्त्रिपरिषद्ले गरेका निर्णयहरूमाथि अनुसन्धान गर्न नसकिने बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रमुख आयुक्त राईले मन्त्रिपरिषद्ले गर्ने 'नीतिगत निर्णय’को दायरा र स्पष्ट परिभाषा कानुनमा तय नभएसम्म मन्त्रिपरिषद्ले गरेका निर्णयहरूमाथि अनुसन्धान गर्न वा मुद्दा चलाउन आयोगलाई कानुनी बाधा रहेको बताए।
Read full story at source (annapurnapost.com)