नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ
annapurnapost.com · Thu Aug 20 12:20:23 GMT 2026

काठमाडौं : सामाजिक सञ्जाल 'फेसबुक' मार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा नुवाकोटबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल रहेका छन् ।
उनीमाथि फेसबुकमा नाबालिकाको अश्लिल सामग्री पोष्ट गरेको र रकम समेत माग गरेको आरोप छ। उजुरी परेपछि साईबर ब्यूरोबाट खटिएको टोलीले कटुवाललाई बुधबार पक्राउ गरेको हो।
Read full story at source (annapurnapost.com)