पौने ४ करोड खर्चेर इन्द्रायणी द्योछें पुनर्निर्माण
onlinekhabar.com · Thu Aug 20 12:52:27 GMT 2026

४ भदौ, ख्वप (भक्तपुर)। भक्तपुरको खौमा रहेको इन्दायणी द्योछें (देवता घर) पुनर्निर्माण सम्पन्न भएको छ। भक्तपुर नगरपालिका–२ मा रहेको ऐतिहासिक देवता घरको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एक समारोहबीच उदघाटन गरे।
उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायका अनुसार कुल रु तीन करोड ७६ लाखमा देवता घरको पुनर्निर्माण सम्पन्न भएको हो। भक्तपुर नगरपालिकाबाट रु दुई करोड ७६ लाख र चन्दादाताबाट रु ६३ लाख ९४ हजार सङ्कलन गरिएको उनले बताए। त्यस्तै, करिब रु १७ लाख बराबरको भौतिक सहयोग तथा हजारौँ स्थानीयको श्रमदानबाट पुनर्निर्माण कार्य सम्पन्न गर्न योगदान पुगेको अध्यक्ष रायले उल्लेख गरे।
Read full story at source (onlinekhabar.com)