औषधि निरीक्षण ठप्प : गुणस्तर र उपलब्धतामाथि प्रश्न
ratopati.com · Thu Aug 20 13:15:00 GMT 2026

काठमाडौँ । औषधि व्यवस्था विभागले विगत तीन वर्षदेखि बजारमा उपलब्ध विदेशी उद्योगका औषधिहरूको स्थलगत अनुगमन नगरेको पाइएको छ । विभागको वार्षिक कार्यक्रममा हरेक वर्ष विदेशी औषधि कम्पनीको ‘डब्लूएचओ जीएमपी कम्प्लायन्स अडिट’ गर्ने प्रावधान भए पनि सोको कार्यान्वयन हुन सकेको छैन ।
नेपाली औषधि बजारमा अधिकांश औषधि विदेशबाट आयात हुने गर्छन् । त्यसमा पनि अत्यावश्यक औषधिहरू धेरैजसो भारतलगायतका देशबाट आउने आयातकर्ताहरू बताउँछन् । औषधिको गुणस्तर यकिन गर्न विदेशी औषधि उद्योगको भौतिक अनुगमनलाई अनिवार्य मानिन्छ ।
Read full story at source (ratopati.com)