विश्व राहदानी सूचकाङ्कमा नेपाल १७१औँ स्थानमा, ५२ देशमा सहज पहुँच
ratopati.com · Thu Aug 20 13:22:22 GMT 2026

काठमाडौँ। नेपाली राहदानीको विश्वव्यापी स्तर र पहुँचसम्बन्धी नयाँ प्रतिवेदन सार्वजनिक भएको छ। १९९ देशका राहदानीबारे विश्लेषण गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्म पासपोर्ट रिपोर्ट्सका अनुसार नेपाली राहदानी विश्वमा १७१औँ स्थानमा रहेको छ।
नयाँ तथ्याङ्क अनुसार नेपाली राहदानीको मोबिलिटी स्कोर ५२ रहेको छ। यसको अर्थ नेपाली नागरिकले विश्वका ५२ वटा गन्तव्यमा परम्परागत भिसा अग्रिम रूपमा नलिई यात्रा गर्न सक्छन्। नेपालको विश्वव्यापी पहुँच दर २६.३ प्रतिशत मात्र छ भने विश्वका १४६ वटा गन्तव्यमा पुग्न नेपाली नागरिकले यात्राअघि नै भिसा वा पूर्वस्वीकृति लिनुपर्ने हुन्छ।
Read full story at source (ratopati.com)