सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा
khabarhub.com · Thu Aug 20 13:20:26 GMT 2026

दोलखा – नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले नेपाली कांग्रेसका पूर्व पार्टी सभापति शेरबहादुर देउवा सल्लाहकारको सल्लाह र गलत निर्णयको प्रभावमा परेर आफ्नो सम्मान, मान–प्रतिष्ठा र राजनीतिक इतिहास बिर्सिँदै गएको आरोप लगाएका छन् ।
बिहीबार राजधानी काठमाडौंमा आयोजित ‘दोलखाका लोकनायक’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै लामाले दुईपटक पार्टी सभापति र पाँचपटक प्रधानमन्त्री भइसकेका देउवाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने समयमा सल्लाहकार र आफू वरिपरिका व्यक्तिहरूको प्रभावमा पर्दा कांग्रेसभित्र विभाजनको अवस्था सिर्जना भएको बताए ।
Read full story at source (khabarhub.com)