नवनियुक्त डेपुटी गभर्नर रावलले सम्हाले जिम्मेवारी
onlinekhabar.com · Thu Aug 20 13:38:34 GMT 2026

४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि रिक्त रहेको डेपुटी गभर्नर पदमा रावलको नियुक्तिपछि राष्ट्र बैंकको सञ्चालक समितिले पनि पूर्णता पाएको छ ।
Read full story at source (onlinekhabar.com)