पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता
ratopati.com · Thu Aug 20 14:32:35 GMT 2026

हुम्ला। पौडी खेल्ने क्रममा कर्णाली नदीमा दुई जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका-१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बिहीबार दुई जना बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालले बताए।
उनका अनुसार खार्पुनाथ-१ का रामचन्द्र रावलको १३ वर्षीय छोरा प्रशान्त रावल र बृख शाहीकी अन्दाजी ११ वर्षीया छोरी अनु शाही कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका भन्ने खबर आएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ।
Read full story at source (ratopati.com)