एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने
news24nepal.tv · Thu Aug 20 15:06:32 GMT 2026
काठमाडौं । युवापुस्ता माझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा ई–स्पोट्र्सको बढ्दो लोकप्रियतालाई लक्षित गर्दै ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्न लागेको छ । दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भाद्र ६ र ७ गते (शनिबार र आइतबार) प्रतियोगिता हुनेछ ।
आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रवद्र्धन गरेको छ । प्रतियोगितालाई ’एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ का रूपमा प्रस्तुत गरिएको छ ।
Read full story at source (news24nepal.tv)