इसेवालाई ‘पीसीआई डिएसएस’ मान्यता, डिजिटल भुक्तानीमा डाटा सुरक्षा मापदण्ड पूरा
nepalviews.com · Thu Aug 20 15:20:05 GMT 2026

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले कार्ड डाटा सुरक्षासम्बन्धी विश्वव्यापी मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड’ (पीसीआई डिएसएस) भर्सन ४.०.१ को मान्यता प्राप्त गरेको छ ।
कार्ड तथा भुक्तानीसम्बन्धी डाटा सुरक्षाका लागि आवश्यक विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि इसेवाले उक्त मान्यता प्राप्त गरेको हो । कम्पनीका अनुसार यसले इसेवामार्फत हुने डिजिटल कारोबारमा डाटा सुरक्षाका लागि अपनाइएका सुरक्षा प्रणाली तथा प्रक्रियालाई थप प्रमाणित गरेको छ ।
Read full story at source (nepalviews.com)