मन्त्रीमा राजु विष्टको दोस्रो इनिङ
ratopati.com · Thu Aug 20 15:29:54 GMT 2026

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजु विष्ट बागमती प्रदेशको मन्त्री बनेका छन् । उनी मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको सरकारमा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री बनेका हुन् ।
'हलो' बोकेर चुनावी मैदानमा उभिएका उनको मन्त्रीको जिम्मेवारी यो दोस्रो हो । उनी यसअघि २०७९ माघमा तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले वन तथा वातावरण मन्त्रालयमा नियुक्त गरेका थिए । करिब ४ महिना सरकारमा रहेर काम गरेका उनी पुनः मन्त्री पदमा नियुक्त भएका हुन् ।
Read full story at source (ratopati.com)