'सुशासन मेरो पहिलो प्राथमिकता, मन्त्रालय संख्या बढाएर भार थोपर्ने पक्षमा छैनौँ'
ratopati.com · Thu Aug 20 15:46:38 GMT 2026

हेटौँडा । पछिल्लो राजनीतिक समीकरणअनुसार नेकपा एमाले, नेकपा र राप्रपाको साझा समर्थनमा किरण थापा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नवनयुक्त मुख्यमन्त्री थापाले प्रदेशको राजनीतिक स्थिरता, सुशासन र आगामी कार्यदिशाका लागि आफू दृढतापूर्वक अघि बढेको बताएका छन् ।
उनका अनुसार सत्ता साझेदार दलहरूबिच भागबण्डा मिलाउन मन्त्रालयको संख्या बढाउने नेपालको राजनीतिको पुरानो रोगलाई उनले निरन्तरता दिने छैनन् । मुख्यमन्त्री थापाले मन्त्रालयको संख्या घटाएर ८ मा झार्ने निर्णयलाई कायम राख्दै मितव्ययिता अपनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । प्रदेशबासीको विकास र समृद्धिको चाहना पूरा गर्ने जिम्मेवारीका साथ अघि बढ्ने उनको भनाइ छ ।
Read full story at source (ratopati.com)