स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री
khabarhub.com · Thu Aug 20 15:53:21 GMT 2026

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आज आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा नागरिकका जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले स्वास्थ्य बिमाप्रतिको सरकारी धारणाबारे स्पष्ट पारेका हुन् ।
गत वर्ष स्वास्थ्य बिमाका लागि अघिल्लो सरकारले रु १० अर्ब बजेट छुट्याएको तर नपुगेपछि रु ११ अर्ब थप गरिएको अर्थमन्त्री डा वाग्लेले जानकारी दिए । यस वर्षको बजेटमा स्वास्थ्य बिमाको बजेट रु पाँच अर्ब बढाएर रु १५ अर्ब पुर्याएको उनले स्पष्ट पारे ।
Read full story at source (khabarhub.com)