डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत घुससहित पक्राउ
rajdhanidaily.com · Thu Aug 20 15:55:11 GMT 2026

उदयपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले डिभिजन वन कार्यालय गाईघाट उदयपुरमा कार्यरत एक वन अधिकृतलाई घुससहित रंगेहात नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालयका सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी भुवन पौडेललाई नगद १६ हजार २५० रुपैयाँसहित कार्यकक्षबाट बिहीबार नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा अख्तियारको टोलीले बिहीबार दिउँसो पौडेललाई एक सामुदायिक वन उपभोक्ता समूहबाट लिएको रकमसहित नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । अख्तियारको टोलीले कार्यालयमै निगरानी बढाएर रकमसहित उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
Read full story at source (rajdhanidaily.com)